STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नइ रजत महोत्सव र त्रिमुर्ति निकेतनका पुरस्कारहरु लकडाउनको कारण स्थगित

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख २८, मंगलबार

विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसले संसारमा त्रास फैलाइरहेको छ भने  सङ्कटको यस्तो विषम परिस्थितिको सिर्जनाका कारण नइ प्रकाशनले नइ रजत महोत्सवका कार्यक्रम हाललाई स्थगित गरेको छ । साथै नइ प्रकाशनले शताब्दी पुरुष सत्यमाेहन जाेशीको १०२ औं शुभजन्मोत्सवका अवसरमा उहाँबाटै आगामी व‌ैशाख ३० गते काठमाडौंमा २०७६ र २०७७ सालका नइ पुरस्कारहरु समर्पण गरिने कार्यक्रम रहेकोमा सो समेत स्थगित गरेको कुरा एक विज्ञप्ति मार्फत जनाइएको   छ । 

नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईले जारी गर्नु भएको विज्ञप्ति अनुसार यस प्रकाशन  ले देशदेशान्तरका विविधक्षेत्रका प्रतिभालाई गत वर्ष र यस वर्ष निम्नलिखित पुरस्कार समर्पण गर्ने कार्यक्रम रहेको थियो  । जस अनुसार

२०७६ सालका पुरस्कारहरुमा ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’   दुई लाख रुपियाँ राशिको   श्री दुर्गाप्रसाद श्रेष्ठ भारत   ,  ‘नइ भावि पुरस्कार’  एक लाख रुपियाँ राशिको डा.गौरीशङकरलाल दासलाई प्रदान गरिने घोषणा भइसकेको छ भने  ‘नइ कीर्तिनिधि पुरस्कार’ 

इन्जिनियर श्री शङ्करनाथ रिमाल ,देशभक्त चिन्तक तथा नेपालको राष्ट्रिय झण्डाका मानक निर्माता; एक लाख रुपियाँ राशि, ‘नइ ईश्वर बराल पुरस्कार’ महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी ,साहित्य; एक लाख रुपियाँ राशि, ‘नइ भूपालदुर्गा पुरस्कार’ : श्री मनीषा कोइराला ,अन्तर्राष्ट्रिय स्तरको अभिनय; एक लाख रुपियाँ राशि,‘नइ देरुनीख सुकीर्ति पुरस्कार’ :  श्री मदनकृष्ण श्रेष्ठ तथा हरिवङ्श आचार्य ,मह जोडी : जनचेतनाका लागि हास्यव्यङ्य; एक लाख रुपियाँ राशि, ‘नइ भाजप पुरस्कार’  श्री चूडामणि रेग्मी ,झापा : विशिष्ट साहित्यकार; एक लाख रुपियाँ राशि,‘नइ चन्द्रधन पुरस्कार’ प्रा.डा.सोमप्रसाद खतिवडा ,धर्म तथा संस्कृति; एक लाख रुपियाँ राशि, ‘नइ कोइलीदेवी पुरस्कार’ प्रा.दीपक जङ्गम ,विशिष्ट सङ्गीतकार; एक लाख रुपियाँ राशि,‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ श्रीमती गीता खत्री ,साहित्य : अमेरिका; एक लाख रुपियाँ राशि, ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ हिरण्यलाल श्रेष्ठ ,परराष्ट्रविद्; साठी हजार रुपियाँ राशि,‘नइ रेखा पुरस्कार’  श्रीमती लक्ष्मीदेवी राजभण्डारी ,साहित्य; साठी हजार रुपियाँ राशि, ‘नइ बुलु शर्मा पुरस्कार’ श्रीमती दुर्गा पौडेल ,रुपन्देही : साहित्य; पचास हजार रुपियाँ राशि, ‘नइ देरुनीख गौरव पुरस्कार’ श्री महेश थापा ,साहित्य; पचास हजार रुपियाँ राशि,‘नइ रामलक्ष्मी पुरस्कार’ सोफी सुनुवार तेस्रो लिङ्गी; पचास हजार रुपियाँ राशि, ‘नइ देरुनीख पौरख पुरस्कार’ मिस मङ्गोल सुश्री सिविरा लामा बहुआयामिक; पच्चीस हजार रुपियाँ राशि, ‘नइ देरुनीखपू बाल बहुआयामिक पुरस्कार’ 

श्री विनम पोखरेल ,दस हजार रुपियाँ राशि,

‘नइ देरुनीखपू बाल बहुआयामिक पुरस्कार’ 

सुश्री कीर्ति पोखरेल ,दस हजार रुपियाँ राशि, ‘नइ देरुनीखपू बाल साहित्य पुरस्कार’ ,सुश्री आयुष्मा तिवारी ,दस हजार रुपियाँ राशि,‘नइ देरुनीखपू बाल चित्रकला पुरस्कार’ सुश्री सन्ध्या खत्री ,दस हजार रुपियाँ ,‘नइ देरुनीखपू बाल सङ्गीत पुरस्कार’ श्री प्रोशेष पाण्डे ,दस हजार रुपियाँ राशि,  ‘नइ देरुनीखपू बाल नृत्य पुरस्कार’ सुश्री लुँस्वां मानन्धर ,दस हजार रुपियाँ राशि, ‘नइ देरुनीखपू कोपिला गायन पुरस्कार’ सुश्री रेवती महर्जन ,सात हजार रुपियाँ राशि, ‘नइ देरुनीखपू कोपिला नृत्य पुरस्कार’ सुश्री सुप्रिया विष्ट ,सात हजार रुपियाँ ,‘नइ देरुनीखपू चिचिला पुरस्कार’ सुश्री कृति राई ,पाँच हजार रुपियाँ रहेको छ ।

त्यस्तैगरी २०७७ सालका पुरस्कारहरुमा महासमालोचकको उपाधि र ‘नइ रजत महोत्सव पुरस्कार’  प्रा.डा. वासुदेव त्रिपाठी ,बहुआयामिक, समन्वयवादी र युगकै केन्द्रीय समालोचक; पाँच लाख रुपियाँ राशि सहित सम्मानित गरिने घोषणा भइसकेको अवस्था छ भने ‘नइ चन्द्रधन पुरस्कार’ 

प्रा.डा.दीर्घराज घिमिरे ,सनातन हिन्दू दर्शन र धर्मसंस्कृतिको संरक्षण, संवर्धन र जागरण; एक लाख रुपियाँ , ‘नइ कीर्तिनिधि पुरस्कार’ श्री कमल थापा ,सार्वभौमिक अखण्डता, राष्ट्रिय स्वाधिनता र स्वाभभिमान; एक लाख रुपियाँ ,‘नइ भूपालदुर्गा पुरस्कार’ प्रा.डा.राजेन्द्र विमल ,भाषासाहित्यमार्फत नेपाली राष्ट्रिय एकतामा जोड ; एक लाख रुपियाँ , ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’  श्री नीर शाह  ,नेपाल टेलिभिजनको स्थापना, नेपाली चलचित्र, नाटक तथा श्रव्यदृश्यमूलक आम सञ्चारका क्षेत्रमा अग्रणी; एक लाख रुपियाँ , ‘नइ भावि पुरस्कार’ : डा.मणिन्द्ररञ्जन बराल ,जनप्रिय र विशिष्ट चिकित्सक; एक लाख रुपियाँ ,‘नइ यउजा पुरस्कार’ सुश्री शशीकला तिवारी ,विशिष्ट चित्रकार; एक लाख रुपियाँ ,‘नइ ईश्वरवल्लभ पुरस्कार’ श्री वसन्तकुमार चौधरी ,साहित्यको सिर्जना र वाङमय संस्थाको निर्माण, विश्व कविता यात्रामार्फत नेपाली भाषाको गौरव वृद्धि; एक लाख रुपियाँ राशि,‘नइ भाजप पुरस्कार’ श्री सन्तोष शर्मा ,म्युजिक नेपालको स्थापना गरी नेपाली गीतसङ्गीतको संरक्षण सम्बर्धन र सम्प्रसार; एक लाख रुपियाँ , ‘नइ धनरूप पुरस्कार’ श्री जङ्गबहादुर शाह ,राजधानी बाहिर रुपन्देहीमा रहेर नेपाली भाषासाहित्यको सिर्जना ; एक लाख रुपियाँ राशि,‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ श्री घनश्याम राजकर्णिकार ,नियात्रापरक निबन्ध; साठी हजार रुपियाँ ,'नइ बुलु शर्मा पुरस्कार’ श्री भवानी क्षत्री ,राजधानीबाहिर झापा बसेर भाषासाहित्यको श्रीवृद्धि; पचास हजार रुपियाँ ,‘नइ देरुनीख गौरव पुरस्कार’ भागवत मञ्जरी श्री राधिका दासी ,हिन्दूधर्म, संस्कृति र समाजसेवा; पचास हजार रुपियाँ ,‘नइ देरुनीख पौरख पुरस्कार’ श्री युवराज अधिकारी 'स्मरण' ,अध्ययन तथा कविता लेखन र विशिष्ट वाचन; पच्चीस हजार रुपियाँ राशि,

‘नइ देरुनीखपू बाल बहुआयामिक पुरस्कार’ सुश्री सोइना दाहाल ,दस हजार रुपियाँ राशि, ‘नइ देरुनीखपू बाल साहित्य पुरस्कार’ श्री सुविन रिमाल ,दस हजार रुपियाँ राशि, ‘नइ देरुनीखपू बाल चित्रकला पुरस्कार’  श्री देभान्स अग्रवाल ,दस हजार रुपि नइ देरुनीखपू बाल सङ्गीत पुरस्कार’ सुश्री सफलता श्रेष्ठ ,दस हजार रुपियाँ राशि, ‘नइ देरुनीखपू बाल नृत्य पुरस्कार’ सुश्री अदिति उपाध्याय ,दस हजार रुपियाँ राशि,‘नइ देरुनीखपू बाल खेलकुद पुरस्कार’  श्री ऋषान्त घिमिरे ,दस हजार रुपियाँ राशि,‘नइ देरुनीखपू कोपिला सङ्गीत पुरस्कार’  श्री समीर डङ्गोल , सात हजार रुपियाँ राशि, ‘नइ देरुनीखपू कोपिला नृत्य पुरस्कार’  सुश्री युकी कुँवर ,सात हजार रुपियाँ राशि, ‘नइ देरुनीखपू चिचिला पुरस्कार’  सुश्री दृश्ना महर्जन ,पाँच हजार रुपियाँ को रहेको छ । यस्तै ‘देवकोटा काव्य पुरस्कार’ श्री शैलेन्द्र साकार ,एक लाख रुपियाँ राशि,र ‘भद्र घले पदक’ श्री तारानाथ दाहाल ,पच्चीस हजार रुपियाँ राशि सहित पुरस्कृत गरिने घोषणा भइसकेको छ भने यो वर्ष ‘सत्यमोहन जोशी शताब्दी पदक’ बाट सम्मानित हुनेहरुमा सर्वश्री अजरमान जोशी, अनुकृतिका, अमर मिरिङचिङ, अनुराधा थापा, आभा श्रेष्ठ कर्ण, डा.कञ्चनजङ्घा प्रसाई, कलाधर काफ्ले, कावेरी जोशी, केशवराज जोशी, कृष्णगोपाल श्रेष्ठ, गङ्गा मुल्मी, गोपालनाथ योगी, चन्द्रा ओडारी, ढण्डुराज घिमिरे, दुर्गा वनवासी, देवकी श्रेष्ठ, नरेन्द्रराज पौडेल, नृपेन्द्रलाल श्रेष्ठ, पूर्ण लामा, पूर्णकला लिम्बू, प्रमोद प्रधान, प्रा.प्रेमशान्ति तुलाधर, प्रा.डा.बालमानसिंह कार्की, मणि लोहनी, मनोज बर्मा, मीना बज्राचार्य, यमुना श्रेष्ठ, युवराज नयाँघरे, रमण घिमिरे, राजकुमार रेग्मी, राजितबहादुर श्रेष्ठ, डा.लेखप्रसाद निरौला, वसन्तकुमार चौधरी, विराजकाजी राजोपाध्या, विन्दा रखाल, प्रा.डा.वीणा पौड्याल, शान्तराज शाक्य, शान्ति शर्मा, डा.शैलेन्दुप्रकाश नेपाल, प्रा.डा.सावित्री कक्षपती, सुनील महर्जन, प्रा.डा.सुरज बज्राचार्य, सुरेन्द्रभक्त श्रेष्ठ, ज्ञानु अधिकारी र ज्ञानेन्द्र विवस  रहेको छ ।

हाललाई स्थगित गरिएको यी पुरस्कारहरु , पदक र सम्मानहरु पछि स्थिति सामान्य भइसके पछि प्रदान गरिने कुरा नइ प्रकाशन र त्रिमुर्ति निकेतनका   सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी गराउनु भएको छ ।

Categorized in साहित्य-कला