STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नकुल र विष्णुकाे "लाली जाेवन" सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ मङ्सिर १७, शुक्रबार

 गायकद्धय नकुल थापा र विष्णु थापाले मिठो लोकदोहोरी भाका सार्वजनिक गरेका छन्।

गायकद्वयले मिठो भाकाका साथ बुधबार ढल्की जाला त्यो लाली जोवान बोलको लोकदोहोरी सार्वजनिक गरेका हुन्। गायकद्वय नकुल र विष्णुको स्वर तथा शब्द रचना रहेको लोकदोहोरी ढल्की जाला त्यो लाली जोवान म्युजिक भिडियोसहित सार्वजनिक भएको हो। गायक नकुलकै लय रहेको दोहारी गायनमा गायकद्वयलाई गायिकाहरु प्रतिमा अर्याल र रीता पौडेलले साथ दिएका छन्।

नकुल र विष्णुको गृह जिल्ला सिन्धुपाल्चोकस्थित सुनकोशी नदी तथा धार्मिक एवं पर्यटकिय गन्तव्य बलेफीलाई केन्द्रित गरी तयार पारिएको लोकदोहोरी भाकामा यसका शव्द रचनाकार नकुल र विष्णुले भनेका छन् बलेफीमा सुनकोशी दोभान, चोखो माया लाईहाल बेलैमा ढल्कि जाला त्यो लाली जोवान।

यहि थेगोमा पुरुष स्वरले तड्पीराछु मायाको खेलैमा भइयो भेट रमाईलो मेलामा भन्दा महिला  स्वरको जवाफ छ

विगत छोड्देउ वर्ममान हेर, नतड्पेको म पनि काँ छु र?

बाल्यकालमा सँगै हुर्की लामो समयपछिको भेटघाटको सिलसिलामा गाईएको गीतको म्युजिक भिडियो आकर्षक बनेको छ। जुनसुकै सभा समारोह र मनोरञ्जस्थल तथा मेला, पर्व र पिकनिकमा छम छम नाच्न मिल्ने गरी तयार पारिएको म्युजिक भिडियोमा मोडलहरु सञ्जिव ठकुरी र अस्मिता आचार्यका साथमा बाल कलाकारहरु निश्चल जंग थापा र गृष्मा थापा मगरले अभिनय नृत्य गरेका छन्।

त्रिपुरा म्युजिक युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको गीतको म्युजिक भिडियो श्रीकाली चौरको रमणीय स्थलमा छायाँकन गरिएको छ। शिशिर बुढाथोकीको निर्देशन र कोरीयोग्राफी रहेको म्युजिक भिडियोमा ड्रोनबाट छायांकन गरिएको सु्नकोशी नदि, बलेफी र त्यस आसापासका आकर्षक तथा रमणीय दृश्यसमेत समावेश गरिको छ। त्रिपुरा म्युजिक नेपाल प्रालिले उत्पादन तथा वितरण गरेको गीतको म्युजिक भिडियोमा दीपक गिरीको छायाँकन, रोशन धितालको सम्पादन र रामचन्द्र बस्नेतको ड्रोन रहेको छ। गीतको संगीत संयोजन पवन वाङ लामाले गरेका छन्।

लोकदोहोरीका गायक तथा शव्द रचनाकार नकुल थापाले आफु जन्मे हुर्केको जिल्लाको थप प्रवद्र्वनका लागि गीतमा सो क्षेत्रको प्रसंगसमेत जोडिएके बताए। 

https://youtu.be/icy6MBkr938?t=84

Categorized in साहित्य-कला