STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर र बालकृष्णलाई थुनामै राख्ने, दश जना छुट्ने

Janjati Khabar – Janjati Khabar | २०८० मङ्सिर १५, शुक्रबार

काठमाडौं - नक्कली भुटानी शरणर्थी प्रकरणमा पाटन उच्च अदालतका न्यायाधीश जनक पाण्डेको इजलासमा भएको सुनुवाइपछि शुक्रबार आदेश जारी भएको छ। 

यो प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण धरौटीमा रिहा गर्ने वा नगर्ने भन्ने विषयमा न्यायाधीशबीच नै राय बाझिएको छ। यो विवाद अब तेस्रो न्यायाधीशसमक्ष प्रस्तुत हुनेछ।

त्यस्तै, नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायतलाई थुनामै राख्ने आदेश अदालतले दिएको छ। सानु भण्डारी , आङटावा शेर्पा, डा।ईन्द्रजित राई , सन्देश शर्मा , गोविन्द चौधरी, केशब प्रसाद दुलाल, टोप बहादुर रायमाझी र सागर राईलाई पनि थुनामै राख्ने आदेश भएको छ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन खोजेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभियुक्तहरूले थुनामुक्त हुन माग गर्दै उच्च अदालत पाटनमा निवेदन दिएका थिए। जसमा यही मंसिर ५ गतेदेखि निरन्तर सुनुवाइ भइरहेको थियो। 

ठगी, किर्ते, संगठित अपराध र राज्यविरुद्धको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौँले ३० जनालाई प्रतिवादी बनाएर काठमाडौँ जिल्ला अदालतमा मुद्दा पेस गरेको थियो। जसमा १० जना फरार छन्।

 

 

को को थुनामै रहे?

टोप बहादुर रायमाझी

बालकृष्ण खाँण (राय बाझिएकोले थुनामै रहने)

टेक नारायण पाण्डे

इन्द्रजीत राई

केशब प्रसाद दुलाल

सानु भण्डारी

सागर राई

गोविन्द कुमार चौधरी

सन्देश शर्मा

आङ्टावा शेपा

 

को को धरौटी र तारेखमा छुटे ?

सन्दीप रायमाझी

नरेन्द्र केशी

टेकनाथ रिजा

हरिभक्त मर्हजन

लक्ष्मी महर्जन

सम्शेर मियाँ

आशिस बुढाथोकी

टंक कुमार गुरुङ्ग

केशब तुलाधर

रामशरण केसी

Categorized in राजनीति