STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वसांसदले गरे प्रहरीसामू आत्मसमर्पण

Janjati Khabar – Janjati Khabar | २०८० जेठ १, सोमबार

काठमाडौँ - नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर अदालतबाट पक्राउ पुर्जी जारी भएपनि पक्राउ नपरेका पूर्वसांसद आङटावा शेर्पाले प्रहरीसामू पुगेर आत्मसमर्पण गरेका छन् ।

सोमबार टेकुस्थित जिल्ला प्रहरी परिसरमा पुगेर शेर्पाले आत्मसमर्पण गरेका हुन् ।

आइतबार साँझ यस प्रकरणमा मुछिएर फरार रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई प्रहरीले बूढानीलकण्ठबाट पक्राउ गरेको थियो । यसअघि प्रहरीले पूर्वगृहमन्त्री खाण, पूर्वसचिव टेकनारायण पाण्डे, रायमाझीका छोरा सन्दीपलगायत १२ जनालाई पक्राउ गरिसकेको छ । उनीहरुलाई अनुसन्धानका लागि आइतबारै थप ४ दिनको म्याद थप गरिएको छ ।

Categorized in राजनीति