नक्साका बारेमा प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा छलफल हुन्छः प्रवक्ता सापकोटा
Janjati Khabar | २०८० भाद्र १५, शुक्रबार
काठमाडौँ, १नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले चीनले जारी गरेको नयाँ नक्साका बारेमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्ने बताउनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा उक्त विषयमा छलफल हुने बताउनुभयो ।
“चीनले जारी गरेको नक्साका बारेमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्छ । कूटीतिक पहलकदमी बढाउनुपर्छ”, प्रवक्ता सापकोटाले भन्नुभयो, “प्रधानमन्त्रीको चीन भ्रमणका बेलामा कुराकानी हुन्छ ।” नक्सा जस्तो महत्वपूर्ण विषयलाई किन समेटिएन भन्नेबारेमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्ने उहाँको भनाइ थियो ।
Categorized in राष्ट्रिय

