STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नख्खु बम विस्फोट नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले जिम्मेवारी लिए

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण १३, सोमबार

ललितपुरको नख्खुमा शुक्रवार साँझ एक सर्वसाधारणको ज्यान जाने गरी गराइएको विस्फोटको नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले जिम्मेवारी लिएको छ । सो पार्टीका मध्य केन्द्रीय कमाण्ड इञ्चार्ज तथा स्थायी समिति सदस्य हेमन्तप्रकाश ओलीले बीबीसी नेपालीसँग आइतवार साँझ कुरा गर्दै त्यसको पुष्टि गरे। दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको कार्यालय अगाडि गराइएको विस्फोटमा सर्वसाधारणको ज्यान गएकोमा आफूहरूलाई दुःख लागेकोु उनले बताए। विस्फोटमा आफूहरूले सर्वसाधारणलाई चाहिँ निशाना नबनाएको ओलीको भनाइ छ। एनसेलले तिर्न बाँकी रहेको पूँजीगत लाभकरतर्फ इङ्गित गर्दै उनले लुटको प्रतिकारस्वरुपु सो कदम चालिएको बताएको छ । विप्लवु नेतृत्वको नेकपाले ललितपुरको नख्खुमा आफूहरूले विस्फोट गराएको बताएकै दिन प्रहरीले घटनाबारे तथ्य नजिक पुगेको जनाएको छ।
Categorized in राजनीति