STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नम्जु च्युउली युँउला क्होइबु निर्माण हुँदै

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र ३१, मंगलबार

कास्कीको पर्यटकीय क्षेत्र मादी गाउँपालिका–१ सिक्लेसमा रु दुई करोडको लागतमा नम्जु च्युउली युँउला क्होइबु निर्माण गरिने भएको छ । तमू जातिको मौलिक एवं कुलधर्म बोन धर्मको संरक्षण र प्रचारप्रसार गर्ने उद्देश्यका साथ क्होइबु निर्माण गर्न लागिएको हो । तमू जातिको जीवन्त सङ्ग्रहालयजस्तै रहेको सिक्लेसको ऐतिहासिक एवं सांस्कृतिक महोत्सवसमेतलाई दृष्टिगत गरी क्होइबु निर्माण गर्न लागिएको नम्जु च्युउली युँउला क्होइबुका अध्यक्ष तथा पच्यु गुरु कुलप्रसाद क्रोम्छे तमूले जानकारी दिनुभयो । क्होइबु निर्माणमा जनउत्साह बढ्दै गएको बताउँदै उहाँले पोखरास्थित चिउली पार्चे तमू समाज घरमा सम्पन्न सांस्कृतिक कार्यक्रममा एकै दिनमा रु एक करोड चार लाख ४६ हजार आर्थिक सहयोग प्राप्त भएको जानकारी दिनुभयो । तमू समुदायको प्राचीन बस्ती सिक्लेसमा निर्माण गर्न लागिएको क्होइबु बोन पर्यटकीय आकर्षण एवं तमू समुदायको आस्थाको केन्द्र बन्ने चलचित्र निर्देशक एवं संस्कृतिकर्मी कृष्णकुमार गुरुङले बताउनुभयो ।
Categorized in राष्ट्रिय