relans
ni new 83
nib 2082 5

नयाँ मिस नेवाःको खोजि सुरु

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ मङ्सिर ८, सोमबार

नेपालको चर्चित सौन्दर्य प्रतियोगिता “मिस नेवाः" अन्तर्गत नेपाल सम्बत ११४६ को लागि नयाँ मिस नेवाः को खोजि अारम्भ गरिएका छ ।  आजदेखि औपचारिक रूपमा सुरु भएको छ। प्रतियोगिताको प्रारम्भसँगै नमुना फेसन टेक्नोलोजी कलेजमा यस बर्षको प्रचार–प्रसार अभियान पनि सुरु गरेको छ।

यस वर्षको मिस नेवाः प्रतियोगितामा प्रतिभागीहरूलाई सांस्कृतिक पहिचान, व्यक्तित्व विकास, फेशनेबल प्रस्तुति तथा सामाजिक अभियोजनको विषयमा थप प्रभावकारी प्रशिक्षण दिइनेछ। प्रचार अभियान अन्तर्गत कलेजका विद्यार्थी तथा प्रशिक्षक टोलीले सामाजिक सन्जाल, कलेजहरू तथा समुदायस्तरमा कार्यक्रमबारे जानकारी गराउने काम थालिएको बताइएको छ ।

नमुना फेसन टेक्नोलोजी कलेजले यसअघि पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि उत्कृष्ट मोडेल तथा फेशन प्रतिभा तयार पारेको छ। मिस नेवा २०२५ का आयोजकले यस वर्ष अधिक आकर्षक र व्यावसायिक प्रस्तुति रहने विश्वास मिस नेवाः आयोजक नेप्लिज फेशन होमका प्रमुख हेमा मानन्धर ले बताउन भएको छ । आज वर्तमान मिस नेवाः प्रलिशा शाक्य  ले पनि आफ्नो अनुभव सुनाउनु हुँदै यो केवल सौन्दर्य प्रतियोगिता मात्र नभई

नेवार संस्कृति, पहिचान, प्रतिभा र आत्मविश्वासको उज्यालो मंच हो र  संस्कृतिको संरक्षणमा

मिस नेवाःले नेवार  भाषा, भेषभूषा, परम्परा र कला–संस्कृति विश्वसित परिचय गराउन ठूलो भूमिका खेलेकफ कुरा उल्लेख गर्नु भयो ।

Categorized in साहित्य-कला
ppp 2