relans
ni new 83
nib 2082 5

नयाँ वर्ष ११४५ भब्य रूपमा मनाउन विभिन्न उप–समितिको बैठक

Janjati Khabar – Janjati Khabar | २०८१ कार्तिक ८, बिहिबार

 

नयाँ वर्ष ११४५ भब्य रूपमा मनाउनका लागि राजेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा  नेपाल संवत राष्ट्रिय न्हूदँ समारोह समिति ११४५ सचिवालयको विभिन्न  उप–समितिको बैठक बसेर नयाँ वर्ष मनाउने  तयारी भईरहेको जानकारी प्राप्त भएको छ ।

सचिवालयले दिएको  जानकारी अनुरूप नयाँ वर्ष मनाउनका लागि २२ वटा  उप–समिति गठन गरिएको छ । यसरी गठन गरिएको उपसमितिको छुट्टाछुट्टै भेला आयोजना गरी तयारी अगाडि बढाइएको  जानकारी प्राप्त भएको छ ।

सचिवालयले दिएको जानकारी अनुरुप यही कौलागाः पञ्चमि (कार्तिक ६ गते) शुभकामना आदानप्रदान र चियापान कार्यक्रम सम्पन्न भएको, कौलागाः चतुर्थी (कार्तिक ५ गते) प्रधानमन्त्रीलाई निमन्त्रणा दिने काम सम्पन्न भएको, कौलागाः नवमि (कार्तिक १० गते) महिला भेला गर्ने निर्णय भएको, यस वर्षको  नारा निर्धारण गर्ने काम सम्पन्न भएको, संचार उप–समितिको बैठक सम्पन्न भएको, मञ्च माईक व्यवस्थापन उप–समितिको बैठक सम्पन्न भएको, तिथिपत्रको  बैठक सम्पन्न भएको, विभिन्न जातीय खलःपुचःसँग छलफल  बैठक सम्पन्न भएको, ट्राफिक सुरक्षा र स्वयंसेवक बैठक सम्पन्न भएको छ ।

Categorized in राष्ट्रिय
ppp 2