नयाँ वानेश्वरमा भेटिएकाे प्रेसर कुकर "बम" नक्कली
Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण १६, सोमबार
काठमाडाैं- काठमाडौंको बानेश्वरस्थित संसद भवनअघिको मूल सडकमा फेला परेको शंकास्पद वस्तु बम नरहेको पुष्टि भएको छ । सोमबार बिहान संसद भवनअघिको मूल सडकमा राखिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको हो ।
कुकरलाई तारले बेरेर ‘नो एमसीसी’ लेखिएको थियो । कुकुरभित्र इँटाको टुक्रा र कागज फेला परेको नेपाली सेनाका क्याप्टेन सन्दीप थापाले बताए । उनले प्रेसर कुकर तर्साउनका लागि राखिएको र कुकरभित्र कुनै पनि विस्फोटक पदार्थ नभएको स्पष्ट पारे ।
हिजो (आइतबार) संसदबाट अमेरिकी सहयोग परियोजना (एमसीसी) बहुमतले अनुमोदन गरेपछि नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित अन्य ६ राजनीतिक दलहरूले आज नेपाल बन्दको घोषणा गरेका थिए ।
Categorized in अपराध-दुर्घटना

