नवनिर्वाचित मेयर बालेनकाे प्रतिबद्धता : काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउँछु
Janjati Khabar – Janjati Khabar | २०७९ जेठ १३, शुक्रबार
काठमाडौं - काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने प्रतिवद्धता गरे । शुक्रबार विहान निर्वाचन अधिकृत कार्यालयद्वारा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा साहले भने, ‘हामी सबै मिलेर अब काठमाडौंलाई देशको मात्र नभएर विश्वकै सुन्दर र उत्कृष्ट नगर बनाउन सबैले सहकार्य गर्नेछौं भन्ने आशा राखेका छौं।’
काठमाडौं महानगरलाई नै एउटा परिवारको रूपमा लिएको उनले बताएका छन्। ‘काठमाडौं महानगर परिवारको रूपमा रहेको छ। सधैं परिवार नै थियो र परिवारनै रहनेछ’, उनले भने ।
आफ्नो भिजन र एजेन्डाहरूलाई पूर्ण रूपमा कार्य सम्पन्न गर्ने पनि बालेनले बताएका छन् ।
आफूले निर्वाचनको परिणामलाई एउटा सुरूवातको रूपमा लिएको बताए । ‘आजबाट हामीले एउटा सुरूआतको रूपमा लिएका छौं। निर्वाचनको परिणाम जुन आएको छ। यसलाई हाम्रो विजय भन्दा पनि हाम्रो कार्यको सुरूवात हुनेछ’, उनले भने, ‘अबको ५ वर्षमा आफ्नो भिजन र एजेन्डाहरूलाई पूर्ण रूपमा कार्यसम्पन्न गर्ने हाम्रो धारणा रहेको छ।’
Categorized in उपत्यका

