STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नवनिर्वाचित राष्ट्रपति पौडेललाई भारत, चीन र अमेरिकाले दिए बधाई

Janjati Khabar – Janjati Khabar | २०७९ फाल्गुण २९, सोमबार

काठमाडौं - नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई भारत, चीन र अमेरिकाले बधाई दिएको छ । राष्ट्रपति पौडेललले शपथ लिएर कार्यभार सम्हालेपछि ती देशका राष्ट्र प्रमुखहरुले बधाई सन्देश पठाएका हुन् ।

भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले पठाएको बधाई सन्देशमा पौडेलको सक्षम मार्गदर्शनमा दुई देशको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरिएको छ ।

यस्तै, नवनिर्वाचित राष्ट्रपति पौडेललाई संयुक्त राज्य अमेरिकाले बधाई ज्ञापन गरेको छ । पौडेलले नयाँ राष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हाले  गत्तै अमेरिकाका तर्फबाट काठमाडौँस्थित अमेरिकी राजदूतावासले आज उनलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको हो ।

यस्तै,नवनिर्वाचित राष्ट्रपति पौडेललाई चीनले बधाई दिएको छ । नेपालका लागि चिनियाँ राजदूत चेन सङ्गले छिमेकी मुलुक चीन सरकारका तर्फबाट राष्ट्रपतिमा निर्वाचित भएकाेमा पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन्।उनले राष्ट्रपति पौडेल नेतृत्वमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गरेका छन् ।

Categorized in राजनीति