STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नवलपरासीका थप दुईजनामा कोरोना संक्रमण

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ १६, शुक्रबार

काठमाडौं – चितवनको भरतपुरस्थित कोरोना भाइरस (कोभिड–१९) प्रयोगशालामा गरिएको परीक्षणमा पूर्वी नवलपरासीको देवचुली नगरपालिकाका थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमले जनाएअनुसार देवचुलीका दुई जनामा कोरोना पुष्टि भएपछि गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९ पुगेको छ । कोरोना संक्रमितहरु देवचुली नगरपालिका ११ र १५ वडाका बासिन्दा हुन् । दुवै जना जेठ ९ र १२ गते भारतबाट आएर नगरपालिकाको क्वारेन्टाइनमा बसेका थिए ।
Categorized in राष्ट्रिय