relans
ni new 83
nib 2082 5

नववर्षको उपलक्ष्यमा नेपालभाषा कविता वाचन कार्यक्रम सम्पन्न

Janjati Khabar – Janjati Khabar | २०८१ कार्तिक १६, शुक्रबार

नेपाल संवत् ११४५ नववर्षको अवसरमा नेपालभाषा कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४५ को आयोजनामा लोककवि राजभाइ जकःमिको संयोजकत्वमा बिहीबार काठमाडौं चागलस्थित जगतसुन्दर ब्वनेकुथिमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभाः आउनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि निभालाई दोसल्ला ओढाएर सम्मान पनि गरिएको थियो ।

कार्यक्रममा १८ जना कवि एवं कवयित्रीहरुले आ–आफ्ना कविता वाचन गरेका थिए ।

संयोजक जकःमिले स्वागत गर्नुभएको कार्यक्रमको सुरुवात जनकवि दुर्गालाल श्रेष्ठको अडियो कविताबाट भएको थियो ।

May be an image of 5 people, people studying, dais, hospital and text

समारोह समितिका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा न्हूदँ राष्ट्रिय संरक्षण समाजका संयोजक प्रा.डा. नरेशमान वज्राचार्य, भाषा आयोगका सदस्य सुरेशकिरण मानन्धर, नेवार अग्रज डा. पुष्पराज राजकर्णिकारलगायतले पनि कविता वाचन गरेका थिए ।

कविता वाचन गरेका कवि एवं कवयित्रीहरुलाई आयोजक समितिले धन्यवाद ज्ञापनसहित नगद पारिश्रमिक पनि दिएको थियो ।

 

Categorized in साहित्य-कला
ppp 2