STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नाबालिकाहरुलाई वेश्यावृत्तिमा लगाउने सञ्चालक पक्राउ

Janjati Khabar – Janjati Khabar | २०८१ आषाढ ७, शुक्रबार

काठमाडौं - प्रहरीले नाबालिकाहरुलाई ठमेलस्थित ए वान स्पा सेन्टरमा काम लगाउने बहानामा वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा सञ्चालकहरुलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरुमा गोरखा सिरानचोक घर भइ हाल टोखा बस्ने काल्भिन जेम्स भनिने रेशम गुरुङ र मकवानपुर बागमती गाउँपालिका घर भइ हाल सातदोबाटो बस्ने मखमली माया स्याङतान रहेका छन्।  

उनीहरुले काठमाडौं महानगर–१६ मा स्थित ठमेलमा रहेका ए वना स्पा सेन्टरमा नाबालिकाहरुलाई डरत्रास र प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने गरेका थिए। गोप्य सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरीको मानव बेचबिखान ब्युरोले बुधबार २६ बबरमहल (३२१) (परिवर्तित नाम) र २६ बबरमहल (३२२) लाई उद्धार समेत गरेको छ। उनीहरुलाई ०८० कार्तिकदेखि स्पामा राखी वेश्यावृत्तिमा गराउने गरेको खुल्न खाएको ब्युरोले जनाएको छ। 

रेशमले ग्रामिण भेगमा रहेका आर्थिक अवस्था कमजोर भएका बालिकाहरुलाई टिकटकमार्फत कुराकानी गरी राम्रो आम्दानी हुने ब्युटिपार्लरमा काम लगाइ दिने भन्दै काठमाडौं बोलाउने गरेका थिए। त्यस्तै उनले काठमाडौं आउने गाडी भाडा समेत उनीहरुलाई दिने गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ। 

उनले ती बालिकाहरुलाई टोखा–११ मा सञ्चालित सन्फ्लावर स्पा सेन्टरमा मासिक १० हजार तलब दिने भन्दै त्यहाँ लगि आफूले समेत पटकपटक जबरजस्ती करणी गर्ने गरेको समेत खुल्न आएको छ। त्यसपश्चात मखमलीले उनीहरुलाई ठमेलको ए वान स्पा सेन्टरमा ल्याइ वेश्यावृत्तिमा लगाउने गरेको प्रहरीले जनाएको छ। उनीहरुले मसाज सेन्टरमा आएकाहरुबाट २–३ हजारसम्म लिन लगाइ शारिरीक सम्पर्क गर्न लगाउने गरेका थिए।

त्यस्तै उनीहरुलाई बुधबार नै पक्राउ गरी मानव बेचबिखन मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ३ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ।

Categorized in अपराध-दुर्घटना