STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नायिका महिमा सिलवालको सवारी दुर्घटनामा मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण १, बिहिबार

काठमाडौं, फागुन १ । नेपाली चलचित्रकी नायिका महिमा सिलवालको सवारी दुर्घटनामा मृत्यु भएको छ । लु २ ख १३५ नम्बरको बसले उनी सवार बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई गजुरीमा ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रकहरीका अनुसार स्कुटरमा सिलवालसहित उनकी बहिनी सर्मिला सिलवाल पनि सवार थिइन् । उनीहरु काठमाडौँबाट चितवन घर जाँदै थिए । महिमाको घटनास्थलमा नै मृत्यु भएको थियो भने सर्मिलाको उपचारको लागि काठमाडौँ ल्याउने क्रममा बाटोमा मृत्यु भएको हो । भरतपुर महानगरपालिका(१२ शिवनगरकी महिमाले चलचित्र ‘कारवाही’बाट डेब्यु गरेकी थिइन् । त्यसयता उनले ‘अप्रिल फूल’, ‘चियर्स’, ‘दानव’, ‘जिग्लो’लगायत चलचित्रमा काम गरेकीछन् भने एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेकी छन् ।
Categorized in अपराध-दुर्घटना