STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नारालेकको हिउँमा फसेका ६ जनाको सकुशल उद्धार

Janjati Khabar – Janjati Khabar | २०८१ चैत्र १, शुक्रबार

हुम्लाबाट छिमेकी मुलुक चीनको ताक्लाकोट जाने क्रममा हिउँमा फसेका ६ जनाको सकुशल उद्धार गरिएको छ।

नाम्खा गाउँपालिका–६ यारीबाट ताक्लाकोट जान हिँडेका ६ जना हुम्लाका नागरिक शनिबार साँझ हिल्सा स्थित नारालेकको हिउँमा फसेका थिए। 

उनीहरू हिउँमा फसेको खबर प्राप्त भए पश्चात सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बीओपी) हिल्सा र नेपाल प्रहरीको संयुक्त सुरक्षा फौजले उनीहरूको उद्धार गरेको हो।

बीओपीबाट करिब १० किलोमिटर पूर्व– दक्षिण तर्फ रहेको स्थानबाट राति ८ बजे उद्धार गरी उनीहरूलाई हिल्सातर्फ ल्याइएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।

Categorized in राष्ट्रिय