STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नारी दिवसको अवसरमा तीन पत्रकारलाई साधना पत्रकार सम्मान

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ फाल्गुण २४, बुधबार

नेवाः पत्रकार राष्ट्रिय दबूले १ सय १३औं अन्तर्राष्ट्रिय नारी दिवसकाे अवसरमा तीन जना महिला पत्रकारलाई साधना महिला पत्रकारिता सम्मान प्रदान गरेकाे छ । सम्मानित पत्रकार त्रय मध्ये थाहा एफएमका सञ्चुकुमारी लामा, नेपाल टेलिभिजनका अञ्जना शिल्पकार र गाेर्खापत्रका फाेटाेपत्रकार कविता थापा रहेका छन् । 

ललितपुरकाे पुल्चोकस्थित अक्षेयश्वर महाविहारमा बुधबार सम्पन्न एक समाराेहकाबीच पत्रकार राष्ट्रिय दबूका उपाध्यक्ष एवं साधना महिला पत्रकारिता सम्मान कार्यक्रमका संयाेजक रचना श्रेष्ठले फुलमाला लगाई, नेपाल अादिबासी जनजाति पत्रकार महासंघका अध्यक्ष गजुरधन राईले दाेसल्ला ओढाई र ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली (अास्था) शाक्यले सम्मानित हुनेहरूलाई  सम्मानपत्र प्रदान गर्नुभयाे । 

नेपालका पहिलाे महिला पत्रकार साधना प्रधानकाे नाममा पत्रकारिता क्षेत्रमा महत्वपूर्ण याेगदान पुर्याउने महिला पत्रकारलाई साे सम्मान प्रदान गरिएकाे उपाध्यक्ष एवं कार्यक्रम संयाेजक रचना श्रेष्ठले जानकारी दिनुभयाे । 

साे अवसरमा उपमेयर शाक्यले पत्रकारिता क्षेत्रमा दिबासी जनजाति महिलाकाे उपस्थितिकाे लागि महानगरपालिकाले ठाेस काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे । 

नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फाेनिज) का अध्यक्ष गजुरधन राईले सञ्चारमाध्यममा आदिबासी जनजाति महिलाकाे पहुँच, समाचारमा लैङ्गिक सवाललाई उठाउन फाेनिजले काम गर्दै एकाे बताउनुभयाे । 

अध्यक्ष राईले नेपाली सञ्चारमाध्यमलाई समावेशी बनाउन, मातृभाषाकाे पत्रकारिताकाे विकास गर्न राज्य र स्थानीय तहले ठाेस काम गर्नुपर्ने बताउनुभयाे ।

क्रियाशील महिला पत्रकार मञ्चका अध्यक्ष संगीता लामाले दिवासी जनजाति महिलाहरूलाई ठूलठूला सञ्चारमाध्यममा काम गर्ने हैसियतमा पुर्याउन ज्ञान, सीप र तालिम दिने कार्यलाई प्राथमिकता राख्नुपर्नेमा जाेड दिनुभयाे । 

साे अवसरमा पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले आधा आकाश ढाकेका महिलाहरूकाे अधिकारप्रति उदासिनताले समाज परिवर्तन नहुने विचार व्यक्त गर्नुभयाे । साे अवसरमा पत्रकार राष्ट्रिय दबूका महासचिव के.के मानन्धर, सहसचिव सुनीता डंगाेल , दबू ललितपुर शाखा अध्यक्ष मन्जु बज्राचार्य , साहित्यकार सुलोचना मानन्धर धिताल र सम्मानित हुनेहरूकाे तर्फबाट सन्चु लामाले राज्यका हरेक निकायमा महिलाकाे समानुपातिक प्रतिनिधित्वकाे लागि पत्रकारिताकाे भूमिका प्रभावकारी हुनुपर्नेमा केन्द्रीत गर्दै आआफ्नाे धारणा राख्नुभयाे ।

Categorized in राष्ट्रिय