STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

निफकोे राष्ट्रिय प्रतिस्पर्धामा ‘सानो संसार’

Janjati Khabar – Janjati Khabar | २०८१ माघ १४, सोमबार

काठमाडौं - आठौँ नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ)मा राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत चलचित्र ‘सानो संसार’ छनोट भएको छ । 

माघ २ गते ७० देशका ६०० भन्दा बढी चलचित्रबाट छनोट भएका ४० देशका ८७ चलचित्र महोत्सवका लागि छानिएको आयोजकले सार्वजनिक गरिसकेको छ ।  

नेपाली फिचर फिल्म प्रतिस्पर्धामा छानिएको चलचित्र ‘भूठान’का निर्माताले सबैलाई जानकारी नभएको भन्दै असन्तुष्टि व्यक्त गरेपछि उक्त चलचित्रलाई महोत्सवबाट हटाइएको निफका अध्यक्ष केपी पाठकले बताएका छन् । 

‘सानो संसार’ छानिएको आयोजकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । निफ आगामी चैत ७ देखि ११ गतेसम्म काठमाडौंमा आयोजना हुँदै छ । 

Categorized in सिनेमा