relans
ni new 83
nib 2082 5

निर्देशक सुमन कुमार श्रेष्ठले ल्याए तिजको गीतमा नारीको वेदना

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ भाद्र ३, मंगलबार

हिन्दु नारीहरुको महान पर्व तिज नजिकिंदै गर्दा गीतसंगीतमा यसको छाप र प्रभाव बढ्दै गइरहेको अनुभुति भइरहेको छ । विगतका वर्षहरुको तुलनामा यो वर्ष तीज गीत अलि बढी नै बजारमा आएको अनुमान गरिएको छ । यसै क्रममा " सक्दिंन बिर्सन" जस्ता चर्चित गीत लगायतका म्युजिक भिडियो जगतका उदियमान निर्देशक सुमन कुमार श्रेष्ठ को निर्देशकमा   गायक धीरज खत्री र गायिका तुलसा सुनुवारको स्वरमा ‘नारीको वेदना’ बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ ।

शब्द पार्वती खत्री रोक्का, संगीत ममता खत्री बस्नेत,

एरेन्ज सन्तोष प्रगाढको रहेको यो गीतको भिडियोमा

सञ्चिता शाही, राजन थापा मगर, कविता देवी राई, ईन्द्र बस्याल, समिता राउत, मनोज राई, तारा खड्का बस्याल, अनिता खड्का आदिको अभिनय छ भने मेकअप राकेश रणपाल, छायांकन केशव अधिकारी, सम्पादन प्रेम शर्मा पौडेल, निर्देशन सुमन कुमार श्रेष्ठको रहेको छ ।

Categorized in साहित्य-कला
ppp 2