STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

निर्मला हत्या प्रकरणमा बर्खास्त एसपीलाई पुनर्वहाली गर्ने मन्त्रिपरिषद्को निर्णय

Janjati Khabar – Janjati Khabar | २०७७ पौष १५, बुधबार

सरकारले बर्खास्तमा परेका प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टलाई पुनर्वहाली गर्ने निर्णय गरेको छ ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद्को  बैठकले एसपी विष्टलाई पुनर्वहाली गर्ने निर्णय गरेको हो ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्याको छानबिनमा लापरवाही गरेको आरोपमा सरकारले एसपी विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी बर्खास्त गरेको थियो ।

बर्खास्तमा परेपछि आफूहरू अन्यायमा परेको भन्दै दुवैले कानुनी उपचार खोजेका थिए । उनीहरूलाई गत १५ साउनमा जिल्ला अदालत कञ्चनपुरले सफाइ दिने फैसला गरेको थियो । अदालतको सफाइपछि गृह मन्त्रालयले विष्टको पुनर्वहालीका लागि मन्त्रिपरिषदमा लेखी पठाएको थियो ।

फाइल तस्बिर

Categorized in राजनीति