relans
ni new 83
nib 2082 5

निशुल्क खोप प्रमाणपत्र प्रमाणीकरण गर्न अस्पतालहरूलाई निर्देशन

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण १७, आइतबार

काठमाडौँ - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अन्तर्राष्ट्रिय यात्रा गर्नुपर्ने नागरिकहरूलाई कोरोना विरुद्धको खोप लगाएको प्रमाणीकरण निशुल्क गर्न सम्बन्धित अस्पतालहरूलाई निर्देशन गरेको छ ।

मन्त्रालयले शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल टेकु, निजामती कर्मचारी अस्पताल, पाटन अस्पताल र सशस्त्र प्रहरी अस्पताललाई निशुल्क खोप प्रमाण पत्र प्रमाणीकरण गर्न गराउन अनुरोध गरेको छ ।

मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा वैदेशिक रोजगारी तथा कामका सिलसिलामा अन्तर्राष्ट्रिय यात्रा गर्नुपर्ने नागरिकलाई खोप लगाएको प्रमाणीकरण निशूल्क गर्न यसअघि नै निर्देशन भए पनि केही अस्पतालहरूले शुल्क लिएको जन गुनासो आएको जनाइएको छ ।

Categorized in स्वास्थ्य-मौसम
ppp 2