STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नीति तथा कार्यक्रमले उत्साह भर्न सकेन : रमेश लेखक

Janjati Khabar – Janjati Khabar | २०८१ जेठ १, मंगलबार

 

काठमाडौँ -  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम परम्परागत भएको टिप्पणी गरेका छन्।

उनले यसले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रका सहकारी लगायतका मुद्दालाई समेत सम्बोधन गर्न नसकेकाले यसले कुनै नयाँ उत्साह भर्न नसकेको जिकिर गरे।

मंगलवार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएलगत्तै प्रमुख सचेतक लेखकले सञ्चारकर्मीमाझ कुनै नयाँ कुरा, कुनै नयाँ उत्साह भर्न नसकेको बताए।

उनले सहकारी ठगीलाई कारबाही गर्ने, देशको संकुचनमा रहेको आर्थिक अवस्थालाई उकास्ने तथा रुसी सेनामा रहेका नेपालीहरुलाई फिर्ता गर्ने लगायतका विषयमा पनि नीति तथा कार्यक्रममा केही उल्लेख नभएको भन्दै असन्तुष्टि व्यक्त गरे। 

Categorized in राजनीति