relans
ni new 83
nib 2082 5

नेकपाकाे निर्णय : विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता, निर्णयप्रति कांग्रेस र मधेसवादी दलको कडा आपत्ति

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ ६, शनिबार

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विदेशी महिलाले नेपाली पुरुषसँग बिहे गरेको ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिनुपर्ने निष्कर्ष निकालेको छ । शनिबार बिहान बसेको सोे पार्टीको सचिवालय बैठकले नागरिकता विधेयकबारे छलफल गर्दै विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै नागरिकता दिने निष्कर्ष निकालेको हो । बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले कुनैपनि विदेशी महिलाले स्वदेशी पुरुषसँग विवाह गरेर सात बर्ष यहाँ बसेको हुनुपर्ने र त्यसबीचमा विदेशको नागरिकता त्यागेको प्रमाण पेस गरेपछिमात्रै नेपाली अंगीकृत नागरिकता दिन सकिने निष्कर्ष निकालेको जानकारी दिए । ‘नेपाली पुरुष नागरिकसँग विवाह गरेपछि प्राप्त गर्नसक्ने अंगीकृत नागारिकताको प्रावधानवारे छलफल गरेर निष्कर्ष निकालिएको छ । जसमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाको हकमा ७ बर्ष बसेको पुष्टि भएपछि आफ्नो विदेशमा नागारिकता वा त्यस्तै कागजात भए त्यसलाई त्यागेको प्रमाण पेस गरेपछि सम्बन्धित व्यक्तिले वैवाहिक अंगीकृत नागारिकता प्राप्त गर्नु उपयुक्त हुन्छ भन्ने निष्कर्ष बैठकले निकालेको छ’, प्रवक्ता श्रेष्ठको भनाइ छ ।

कांग्रेस र मधेसवादी दलको कडा आपत्ति

नेकपाको यो निर्णयप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र मधेसवादी दलले कडा आपत्ति जनाएको छ। उक्त ऐनलाई संशोधन गर्न बनेको विधेयकबारे नेपाली काङ्ग्रेस र तराई केन्द्रित दलहरूले संविधान अनुसार नै पहिलाकै व्यवस्थाले निरन्तरता पाउनुपर्ने बताएका छन्।तर भारतीयले नेपालीलाई विवाह गरे नागरिकताको अधिकारका लागि सात वर्ष कुर्नुपर्ने प्रावधान रहेकाले नेपालले पनि त्यसै गरेको नेकपाका नेताहरूको तर्क छ। नागरिकताकै व्यवस्थालाई लिएर पहिलैदेखि विरोध जनाउँदै आएको तराई केन्द्रित दल समाजवादी जनता पार्टीका नेताले यसलाई नेपाल र भारतबीच धार्मिक, सांस्कृतिक सम्बन्धमाथि प्रहार भनेका छन् ।
Categorized in राजनीति
ppp 2