नेकपाको स्थायी कमिटी बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २, शुक्रबार
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।
बैठक विहान ११ बजेका लागि बोलाइएको थियो । तर अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि समय नपुगेको भनेपछि दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको जनाइएको छ ।
११ बजे बाेलाइएकाे बैठककाे लागि अधिकांश स्थायी कमिटी सदस्यहरु प्रधानमन्त्री निवास बालुवाटार पुगिसकेका थिए ।
Categorized in राजनीति