STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेकपाको स्थायी कमिटी बैठकमा ओली अनुपस्थित

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ १२, शुक्रबार

काठमाडौं : बुधबार सुरु भएको नेपाल कम्युष्टि पार्टी(नेकपा)को स्थायी कमिटी बैठक शुक्रबार पनि जारी छ। बुधबार दुई अध्यक्षले आफ्ना भनाइ राखेपछि शुक्रबार सम्मका लागि बैठक स्थगित गरिएको थियो । आजको बैठक बिहान ११ः२० बाट सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् । आफ्नै निवासमा भएको पार्टी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली भने सहभागी छैनन् । सरकारका काममा व्यस्त भएकाले ओली स्थायी समिति बैठकमा उपस्थित नभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। लामो समयपछि बसेको स्थायी समिति बैठकमा सरकारका काम कारबाहीबारे समीक्षा, कोरोना महामारी, पार्टी एकताका, एमसीसी लयागतका विषयमा छलफल हुने गरी एजेण्डा तथ भएको छ । आजको बैठकमा बरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल र अन्य सचिवालयका सदस्यले बोल्ने कार्यक्रम रहेको नेकपाका एक स्थायी समिलि सदस्यले जानकारी दिएका थिए ।
Categorized in राजनीति