नेकपा नेतृ अष्टलक्ष्मी शाक्य कलंकीबाट पक्राउ
Janjati Khabar – Janjati Khabar | २०७७ माघ २२, बिहिबार
काठमाडौं - प्रहरीले नेकपाकी नेतृ अष्टलक्ष्मी शाक्यलाई काठमाडौंको कलंकीबाट गिरफ्तार गरेको छ ।
नेकपा प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्य विष्णु रिजालले दिएको जानकारीअनुसार नेतृ शाक्यलगायतलाई प्रहरीले कलंकीबाट गिरफ्तार गरेको हो ।
प्रचण्ड–माधव समूहले आज आमहडताल घोषणा गरेको छ ।
आमहडतालकै क्रममा आज बिहानै गाेंगबुँमा एउटा ट्याक्सी पनि जलाइएकाे छ ।
बन्द गराउँदै हिडेका कम्तीमा ५६ जनालाई काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।
Categorized in राजनीति

