STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेकपा सचिवालय बैठकमा ओली अनुपस्थित, स्थायी कमिटी बैठक पनि सर्याे

Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर १७, बुधबार

काठमाडौं – बुधबारका लागि बोलाइएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमा प्रधानमन्त्री एव‌ं पार्टी अध्यक्ष केपी शर्मा ओली नआएपछि २० मिनेटमै सकिएको छ । 

बुधबारको बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओली अनुपस्थित भएपछि २० मिनेटमै बैठक सम्पन्न भएको हो । सचिवालयको अर्को बैठक मंसिर २० गते दिउँसो १ बजेका लागि बोलाइएको छ । अर्को बैठकमा अध्यक्ष ओलीको अनिवार्य उपस्थितिका लागि आग्रह गरिनेसमेत प्रवक्ता श्रेष्ठले बताए । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक मंसिर २० गते दिउँसो १ बजे अर्को बैठक बस्ने निर्णय गर्दै सम्पन्न भएको हो । 

 

यसैगरी सचिवालय बैठकले बिहीबार (मंसिर १८) गतेका लागि बोलाइएको स्थायी कमिटी बैठक २१ गतेका लागि सार्ने निर्णय गरेको हो । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पार्टी अध्यक्षद्वयले सचिवालयमा पेश गरेका राजनीतिक प्रतिवेदनमाथि थप छलफल आवश्यक भएकाले स्थायी कमिटी बैठक सार्ने सहमति भएको हो ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले मंसिर १३ र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कात्तिक २८ गते पेश गरेका राजनीतिक प्रतिवेदनमाथि मंगलबारबाट सुरु भएको छलफललाई आज पनि निरन्तरता दिने कार्यसूची रहेको थियो । 

बुधबारको बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओली उपस्थित नभएपछि कार्यसूचीमा प्रवेश नै नगरी बैठक सकिएको हो । 

 

नेकपाभित्रको विवाद मिल्ने होइन कि झन् तन्किने र झैझगडाको तहमै पुगेको छ। पार्टी एकतायताको सबैभन्दा तिक्ततापूर्ण बैठक मंगलबार सचिवालयमा भएको छ। मंगलबारको बैठकमा कार्यसूची तय गर्ने विषयमै दुई अध्यक्षबीच चर्काचर्की परेपछि माहोल घम्साघम्सीमा परिणत भएको थियो ।

Categorized in राजनीति