STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेदरलाएण्डमा वाङमय शताब्दी पुरूष सत्यमोहन जोशीको सम्झना

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ कार्तिक ८, मंगलबार

एक शय तीन वर्षको उमेरमा गत साता दिवंगत हुनु भएका नेपाल राष्ट्रका धरोहर वाङमय शताव्दी पुरूष डा. सत्यमोहन जोशीको सम्झनामा २३ अक्टोबर २०२२ का दिन नेदरलाएणदको आम्सटरडममा एक श्रद्धांजली सभा सम्पन्न भयो ।

शताब्दी पुरूष सत्यमोहन जोशीको जीवनका अनेकन पक्षमाथि प्रकाश पार्दै प्रमूख वक्ता वर्ल्ड नेवा अर्गनाइजेसनका संस्थापक अध्यक्ष डा बाल गोपाल श्रेष्ठले सत्यमोहन जोशीले नेपाल राष्ट्रको नाम विश्वमा फैलाउन पुर्याउनु भएको योगदान बारे पनि चर्चा गर्नु भयो । आफ्नो लामो जीवनकालमा आफ्नो अधिकतम समय नेपाली समाज र संस्कृतिको उत्थानका साथै मातृभाषा नेपालभाषा एवं नेपाली भाषामा गरी ७५ पुस्तकहरु तथा अनगिन्ति लेख रचनाहरु छोडेर जानु भएको मात्र नभइ मृत्युपर्यन्त पनि आफ्नो शरिर समेत चिकित्सकीय अनुसंधानको निम्ति दान दिएर अत्यन्त उदाहरणीय कार्य  गरेर जानु भएको कुरा डा श्रेष्ठले वताउनु भयो । आफ्नो निम्ति भन्दा पनि देश र समाजको भलोको लागि केही गर्नुपर्छ भन्ने शिक्षा सत्यमोहन जोशीबाट हामी सबैले सिक्नु पर्छ भन्ने कुरामा पनि उहाले जोड दिनु भयो । 

वर्ल्ड नेवा अर्गनाइजेसनको स्थापननाकाल देखि प्रमूख संरक्षककोरुपमा सन्मानित व्यक्तित्व  दिवंगत जोशीको तस्बीरमा उपस्थित सबैले फूल गुच्छा चढाउनुको साथै एक मिनेत मौन धारण गरेर अघि बढेको कार्यक्रममा एनआरएन-नेदरलन्दका अध्यक्ष मिम पुर्जा र वर्ल्ड नेवा अर्गनाइजेसन-नेदरलन्दका अध्यक्ष वीरेन्द्र श्रेष्ठले पनि दिवंगत सत्यमोहन जोशीको योगदाबारे चर्चा गर्नु भएको थियो । 

नेदरलाएण्डवासी समस्त नेपालीहरुको तर्फबाट एनआरएन-नेदरल्यान्ड तथा वर्ल्ड नेवा अर्गनाइजेसन-नेदरल्यान्ड व्दारा आम्सटरडम स्थित काठमाण्डौ किचनको सभाहलमा आयोजित उक्त शोक सभामा शताब्दी पुरूष सत्यमोहन जोशीलाई श्रद्धांजली अर्पण गर्न नेदरल्यान्ड का विभिन्न नेपाली संघ सस्थाका प्रतिनिधि तथा नेदरल्यान्ड वासी नेपालीहरुहरु आइपुग्नु भएको थियो ।

Categorized in राष्ट्रिय