STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपालकाे पहिलो समावेशी म्युजिक अवार्डमा नेवार संगीतकर्मी पुरस्कृत

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ पौष १२, आइतबार

पावर ईन्टरनेशनल मिडियाको आयोजनामा  सम्पन्न नेपालको पहिलो समावेशी म्यूजिक अवार्ड नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०२० शनिबार राजधानीमा एक भव्य समारोहका बीच सम्पन्न भएको छ । नेपाली सांगीतिक ईतिहासमा सबै भन्दा धेरै भाषा भाषीका कलाकारहरुको सहभागितामा हरेक बर्ष सम्पन्न हुने यो अवार्डको यो तेश्रो संस्करणको कार्यक्रम हो । विभिन्न भाषाभाषिका गीतलाई पुरस्कृत गरिएको यस अवार्ड समारोहमा नेपालभाषाका गीतहरु तर्फ ह्यामी पहलं गीतबाट गायिका सरिता शाहीले नेपालभाषाको सर्वाेत्कृष्ट गीत , नकतिनि ह्वःगु स्वां गीतबाट गंगा महर्जनले नेपालभाषाको सर्वाेत्कृष्ट गीत जुरी अवार्ड र नकतिनि ह्वःगु स्वां गीतबाटै अाराध्य लक्ष्मी खड्गीले नेपालभाषाको सर्वोत्कृष्ट म्युजिक भिडियो अवार्ड हासिल गर्न सफल भए भने नेपालभाषा संगीत क्षेत्रका लोकप्रिय गायक सानुबाबु महर्जनले कसैले रक्सी भन्छन बोलको गजलकोलागि सर्वोत्कृष्ट गजलकारको पुरस्कार जितेका छन् । अवार्ड समारोहमा गोल्डेन भ्वाइस अफ नेपाल भनेर ख्याति प्राप्त गायक प्रेमध्वज प्रधान ए मेरो हजुर गीतका लागि गायिका केन्जुमा सुब्बासंग सर्वाेत्कृष्ट युगल गायन का लागि पुरस्कृत भए । 

सुचना प्रविधि तथा संचार मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बरिष्ठ संगीतकार शम्भूजित बासकोटा,  प्रदेश सांसद रतन थापा, गोकेर्णेश्वर न.पा. का मेयर सन्तोष चालिसे, राष्ट्रिय गीतका रचनाकार ब्याकुल माईला, अछाम रामारोशन गा.पा. की उपाध्यक्ष सरस्वती रावल, ओम समाज डेन्टल अस्पतालका डा. सुवास घिमिरे, सान्ताज ब्यूटि पार्लरकी शान्ता थापा, सर्वाङ अस्पतालका शुशिल खनाल, गीतकार एवं वरिष्ठ  पत्रकार शान्तिप्रिय, वरिष्ठ  पत्रकार विजय रत्न तुलाधर, नायक श्रीदेव भट्टराई , नायिका हरुमा अश्लेशा बिष्ट र   शोभिता शिम्खडा   लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा कुल ५२ विधाका लागी ७१ वटा अवार्ड वितरण गरिएको थियो  भने  जसमा प्रेमध्वज प्रधान, मोहन निरौला जस्ता अग्रज व्यक्तित्वहरु र  कुलेन्द्र वि.क., वसन्त थापा, यम बराल, देवी घर्ती, अर्जुन पोखरेल, सनम कठायत, चक्र बम, सानु बाबु महर्जन, केञ्जुमा सुब्बा, राज कुमार वगर, टिका बम्जन लगायतका कलाकारहरुले अवार्ड पाएका थिए। नेपाली वाहेक १३ वटा अन्य भाषामा प्रतिस्प्रर्धा भएर उत्कृष्टमा छनौट भएका विभिन्न भाषा भाषीका गीतहरुलाई उक्त समारोहमा अवार्ड प्रदान गरिएको पिम नेपालका अध्यक्ष माधव राज खरेलले बताए ।

त्यसै गरी यस वर्षको नेशनल पत्रकारिता पुरस्कार रातोपाटीकर्मी कुवेर गिरीलाई प्रदान गरियो भने रजत सम्मानबाट गायक सिताराम पोखरेल सम्मानित भए । अन्य सम्मानित हुनेहरुमा पत्रकार नवराज बजगाई (काभ्रे), पत्रकार शिव देवकोटा (नुवकोट), पत्रकार सुजन विश्वकर्मा (पोखरा) का साथै गीतकार , चलचित्र निर्देशक , पत्रकार डब्बु क्षेत्रीलाई कला सम्मान, भिडियो निर्देशक बविता श्रेष्ठलाई कला सम्मान र गायक शशि बिक्रम थापालाई प्रतिभा सम्मान समेत प्रदान गरिएको अवार्ड आयोजक समितिको संयोजक कमला जोशीले बताईन् ।

Categorized in साहित्य-कला