नेपालकाे सांस्कृतिक गाैरवतालाई विश्व सामु पुर्याउन ससः ग्रुपको आह्वान
Janjati Khabar – विजयरत्न असंबरे | २०८३ आश्विन १२, सोमबार
सन् २०१० मा कीर्तिपुरमा ससः द नेवाः र पछि …ससः त्वाः हस्पिटालिटी प्रा.लि. को पाइलाबाट सुरु भएको यात्रा, आज …गौरवता नेपाल को रूपमा एउटा फराकिलो सोच बनेर अगाडि आएको छ । भूकम्प, नाकाबन्दी र महामारी जस्ता अनेकौँ कठिन समयहरू भोग्दै ती चुनौतीहरूका बीच पनि सधैँ हाम्रो देश, हाम्रो संस्कृति, हाम्रो भाषा र हाम्रो परम्पराका कुराले ऊर्जा दिइरहेकाे बताउँदै गौरवताका धनी भएको र अझ अगाडी बढिरहने कुरा ससः ग्रुपले अगाडि सारेको छ ।
यही सफलताबाट हाैसलान्वित भएर गौरवता नेपाल परियोजनाको औपचारिक सुरुवात यहीँ अक्टोबर १० तारिख असाेज २४ का दिन कीर्तिपुर काे ल्याबाेरेटरी स्कुल काे खेल मैदानमा नेपालको शान र गौरवता बोकेको चर्चित लोक–आधुनिक ब्यान्ड …नेपथ्य को भव्य सांगीतिक कन्सर्ट पनि गर्न लागेको छ । साथै, सोही दिन आधिकारिक वेबसाइट gaurabata.com को पनि औपचारिक शुभारम्भ गर्ने घाेषणा गरेको छ । नेपालको कला, संस्कृति र पहिचानलाई विश्वभर प्रवद्र्धन गर्ने यो अभियानमा जोडिन र याे कार्यमा हौसला दिन, सम्पूर्णलाई निमन्त्रणा पनि गरेको छ र हामी सबै मिलेर हाम्रो धनी सम्पदाको संरक्षण गरौँ र गर्वका साथ नेपाललाई विश्वसामु पुर्याऔँ र एकै श्वरमा भनौ हामी गौरवताका धनी छौँ भन्ने अभियानमा अघि बढाैं भनी ससः ग्रुपले आह्वान गरेको छ ।
Categorized in उपत्यका

