नेपालगञ्जमा प्रहरी र स्थानीयबीच झडप
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख २३, मंगलबार
काठमाडौं – लकडाउन उल्लंघनको विषयलाई लिएर नेपालगञ्जमा प्रहरी र स्थानीयबीच झडप भएको समाचार प्राप्त भएको छ ।
नेपालगञ्जमा आजबाट निषेधाज्ञा जारी भएको छ । नेपालगञ्जमा निषेधाज्ञाबारे प्रहरीले बिहानैदेखि माइकिङ्ग गरिरहेका छन् । निषेधाज्ञाबीच पनि केही स्थानमा स्थानीय बाहिर निस्केका हुन् ।
यसैबीच निषेधाज्ञा उल्लंघन गर्ने केही व्यक्तिलाई प्रहरीले लाठीले हानेपछि स्थानीयले ढुङ्गामुढा गरेका हुन् । कफ्र्युको समयमा पनि दैनिक उपभोग्य सामान किन्न बजार निस्केकालाई प्रहरीले बाहिर नआउन भनेपछि विवाद सुरु भएको थियो ।
आक्रोशित स्थानीयले प्रहरीको सवारीसमेत तोडफोड गरेको जनाइएको छ ।
Categorized in राष्ट्रिय


