STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपालभाषाको चलचित्र ‘ तिब : ’को छयांकन अमेरिकाको मेरिल्याण्ड सिटीमा

Janjati Khabar – Janjati Khabar | २०७९ माघ २२, आइतबार

नेपालभाषाको चलचित्र ‘ तिब : ’ को छायांकन अमेरिकाको मेरिल्याण्ड सिटीमा सम्पन्न भएको छ । उक्त शुटिंगको सम्पूर्ण संयोजन अमेरिका स्थित नेपाली युवाहरुको समुह ‘ द हिमालयन भाइब ’ ले गरेको छ  । सो चलचित्रको कथाले मागे बमोजिम अमेरिकामा पनि दृश्य छायांकन गर्नुपर्ने यो चलचित्रमा विदेशको छायांकन पक्षको संयोजन THV ले नगरी दिएको भए शुटिङ्ग सम्भव नहुने कुरा निर्देशक रवि सायमीले बताए।

युट्युबमा विभिन्न भिडियो बनाएर निकै प्रंचारमा आएका THV समुह अमेरिका बसोबास गर्दै आएता पनि नेपालभाषा प्रति निकै नै माया र झुकाव भएका कारण यसभन्दा अघि चार वटा विभिन्न साना चलचित्र निर्माण गरि प्रदर्शन समेत गरिसकेका छन्।

अमेरिकाको मेरील्यांडमा भएको ‘ तिब: द सपोर्ट ’ चलचित्रको छायांकनमा साथ सहयोग गरेको प्रति चलचित्रका निर्माता , निर्देशक लगाएत सम्पूर्ण टिमले  टिएचभि टिमलाई विशेष आभार ब्यक्त गरेको छ।

अमेरिकामा भएको शुटिङ्ग मा यस चलचित्रका कलाकार दिवाकर धौभडेल , मिला श्रेष्ठ , जिम श्रेष्ठ , रवि शाक्य छायांकन साथै शुटिङ्ग व्यवस्थापन मा  जयम्बु रंजित,  मिला अमात्य र अनुप जोशीले साथ् दिएका छन्।

नेपालभाषाको सो चलचित्र ‘ तिब: ’ को  शुभमुहुर्त गत मङ्सिर २४ गते काठमाडौँमा एक कार्येक्रम बीच सम्पन्न भएको थियो । वाइल्ड बुल्स प्रोडक्सन , अमर चित्रकार तथा सुबिना चित्रकारको पोष्ट प्रोडक्समा यो चलचित्र निर्माण भइरहेको छ। ओम शंकर श्रेष्ठको कथामा निर्देशक रवि सायमीको निर्देशनमा कलाकारहरु सुसिल राजोपाध्याय, आशाकाजि थकु, संघ रत्न शाक्य, पुष्करभक्त माथेमा, कृष्णभक्त महर्जन, सरस्वती मानन्धर , मैया मुनिकार, सुनिता ठाकुर , कन्चन तुलाधर, गङ्गा महर्जन ,बिज्ञान पक्का, मनोज महर्जन, हसना महर्जन, रेइना महर्जन आदि कलाकरको भूमिका रहने छ भने यो चलचित्र आगामी ६ महिना भित्र प्रदर्शनमा ल्याउने तयारी आइरहेको छ ।

Categorized in सिनेमा