STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपालभाषानेपालभाषाको पुस्तक धर्म पासाया गजल गंगा विमोचनमा साहित्यको चिन्ता

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर २७, शुक्रबार

नेपालभाषा सफू सहकारी बहुउद्देशीय संस्थायात लिमिटेड को आयोजनामा सम्पन्न एक कार्यक्रम नेपालभाषा साहित्यको ‘धर्म पासाया गजल गंगा’ पुस्तक विमोचनमा मा साहित्यकार हरुलेनेपालभाषा साहित्यको गुणस्तर, पुस्तक वितरण प्रणालीदेखि बजार व्यवस्थापनको विषयमा सरोकारवाला पक्षले चासो र चिन्ता व्यक्त गरेका छन् । पछिल्लो समय नेपालभाषा बोल्नेको संख्या न्यून भएसँगै साहित्यमा परेको प्रभावप्रति साहित्यकारहरुले चासो दिएका हुन् । काठमाडौंमा भएको कार्यक्रममा साहित्यकार बसन्त महर्जनले नेपालभाषाको साहित्य विकास गर्न आन्तरिक छलफल र अन्तक्र्रिया आवश्यक रहेको बताए । ‘खास गरी खस नेपाली र नेपालभाषाका पुस्तक ५०० प्रति प्रकाशित हुँदै आएका छन् । तर हाम्रो साहित्य बिक्री गर्न गाह्रो छ ।’ साहित्यकार महर्जनले बताए । साहित्य विकास गर्न भाषा प्रयोग गर्नेको संख्या बढाएर गुणस्तरमा ध्यान दिनुपर्ने उहाँले तर्क राखे । कार्यक्रममा साहित्यकार राजुराम मुनकर्मीले गजल साहित्यको छन्द, मात्रादेखि अन्य प्राविधिक पक्षको विषयमा चर्चा गरे । उहाँले आफ्नै रचनाको गजल समेत वाचन गरेका थिए । त्यस्तै नेपालभाषा सफू सहकारीका अध्यक्ष हरिप्रसाद श्रेष्ठले सहकारीमार्फत नेपालभाषाको साहित्य विकास गर्नुपर्नेमा जोड दिए । श्रेष्ठले सहकारीमार्फत साहित्य क्षेत्रमा रुचि राख्ने महानुभावलाई सदस्य बनाएर पुस्तक वितरण, विमोचन, प्रकाशन तथा अन्य तबरले सहकार्य गर्दै आएको बताए । हुन पनि साहित्यप्रति रुचि बढाउन र विकास गर्न केहि वर्ष यतादेखि नेपालभाषा सफू बहुउद्देश्यीय सहकारी संस्थाले अभियानै चलाएको छ । यःमरी पुर्णिमाको दिन बसन्तपुरमा आयोजित कार्यक्रममा लेखक धर्म महर्जनको गजल संग्रह विमोचन गरिएको छ । नेपालभाषा साहित्यको ‘धर्म पासाया गजल गंगा’ पुस्तकमा ३० वटा गजल संलग्न छन् । लेखक महर्जनले यसअघि बिदाई कविता संग्रह, मनका तरङ्ग मुक्तक संग्रह, मनमैजु दर्पण, बुद्धकालीन कथा र परित्राण, मनमैजुको उत्पत्ति तथा अन्य नेपालीभाषाका साहित्य रचना गरेका छन् ।
Categorized in राष्ट्रिय