नेपालभाषा एकेडेमीमा यज्ञरत्न धाख्वाः कुलपति
Janjati Khabar – विजयरत्न असंबरे | २०७८ चैत्र २, बुधबार
नेवाः वाङमय क्षेत्रमा प्राज्ञिक संस्थाको रुपमा चिनिएको नेपालभाषा एकेडेमीमा यज्ञरत्न धाख्वाः सर्वसम्मतिबाट कुलपतिमा नियुक्त हुनु भएको छ।
पहिलेका कुलपति चित्तरन्जन नेपाली अस्वस्थताको कारण तत्कालिन सदस्य सचिव मल्ल के सुन्दरको अध्यक्षतामा सम्पन्न साधारण सभाले उहाँलाई सर्वसम्मतिले कुलपतिका रुपमा चयन गरिएको हो।
मङ्गलबार बसेको नयाँ कार्यसमितिको बैठकले उपकुलपति मल्ल के सुन्दरलगायत सदस्य सचिव डा. पुष्पराज राजकर्णिकार,कोषाध्यक्ष वीरप्रसाद भन्सारी र सदस्यहरुमा प्रा प्रेमशान्ति तुलाधर, डा. चन्द्रमान बज्राचार्य, शशिकला मानन्धर, विजयरत्न असंबरे, रजनीमिला महर्जन, राजित बहादुर श्रेष्ठ, महेन्द्र गोपाल कर्माचार्य, त्रिरत्न शाक्य, निर्मल बज्राचार्य, अमरराज शर्मा, विद्या चित्रकार सर्वसम्मत चयन गरेको छ भने एकेडेमीका पार्षदका रुपमा राजदास श्रेष्ठ, पूर्ण ताम्राकार,विश्व शाक्य,चन्देश्वर श्रेष्ठ,डा सुमित्रा मानन्धर गुरुङ, मदनसेन बज्राचार्य, केशरमान ताम्राकार,राजेन्द्रकुमार पुतालाइ मनोनयन गरेको छने वाङमय शताब्दि पुरुष सत्यमोहन जोशी र निवर्तमान चान्सलर चित्तरन्जन नेपाली नेपालभाषा एकेडेमीका संरक्षकका रुपमा रहने निर्णय पनि एकेडेमीको मंगलबार बसेको बैठकले निर्णय गरेको कुरा नवनियुक्त सदस्य सचिव डा राजकर्णिकारले बताउनुभएको छ ।
Categorized in उपत्यका

