नेपालभाषा क्षेत्रका व्यक्तित्व प्रेमशान्ति तुलाधरका जहान रहेनन्
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण १८, आइतबार
काठमाडाैं – नेपालभाषा क्षेत्रका प्रख्यात व्यक्तित्व प्रा. प्रेमशान्ति तुलाधरका जहान अकलमान तुलाधरको आइतबार बिहान निधन भएको छ ।
७६ वर्षीय तुलाधरको केही समयअघिदेखि ब्रेन हेमरजको उपचार भइरहेको जनाइएको छ ।
दिवंगत तुलाधरको आइतबारै काठमाडौंको कर्णदीपमा अन्तिम संस्कार हुने जनाइएको छ । तुलाधरको जहानसँगै दुईजना छोरा र एकजना छोरी रहेका छन् ।
Categorized in उपत्यका