STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपालमा एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख २१, आइतबार

काठमाडौं – नेपालगञ्जमा आइतबार एकैपटक ९ जना र वीरगञ्जमा १ जना गरी एकै दिन १० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ५ पुरुष र ४ जना महिला छन् । संक्रमितहरु ७ देखि ५८ वर्ष उमेरका छन् । वीरगञ्जका संक्रमित भने ३६ वर्षका पुरुष हुन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । तीमध्ये १६ जना निको भएका तर उपचार गरेर घर गएका रौतहटका एक युवालाई भने आइतबार फेरि अस्पताल भर्ना गरिएको छ । यसअघि एकैदिन यति धेरै कोरोना संक्रमित भेटिएका थिएनन् ।
Categorized in राष्ट्रिय