नेपालमा कोरोना संक्रमित ४२ जना, उदयपुरका थप ११ मा संक्रमण पुष्टि
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख ९, मंगलबार
काठमाडौं– नेपालमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेको छ ।
उदयपुरमा मंगलबार थप ११ जनामा कोरोना संक्रमणको पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ ।
उदयपुरको त्रियुगा नगरपालिकाका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुको संक्रमण जाँचको क्रममा काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३ जना र धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ जनामा संक्रमणको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।
त्रियुगा नगरपालिकाको मस्जिदमा बसिरहेका १३ जनामा यसअघि कोरोना संक्रमणको पुष्टि भइसकेको छ ।
मंगलाबार पुष्टि भएका संक्रमितहरुमा १८ र ४१ वर्षका दुई, २०, ३३, ४०, ५२ र ५८ वर्षका पुरुष, ३६ वर्षका एक महिला तथा एकजनाको वर्ष खुल्न नसकेका महिला रहेको जनाइएको छ ।
Categorized in राष्ट्रिय