नेपालमा चौथो व्यक्तिमा कोरोना संक्रमण
Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र १४, शुक्रबार
काठमाडौं– नेपालमा चौथो व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ताले यसको पुष्टि गरेका हुन् ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा ती व्यक्तिमा संक्रमण पाइएको जनाइएको छ ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत ती बिरामीमा कोरोना संक्रमण भेटिएको जनाइएको छ ।
उपत्यकाबाहिरका व्यक्तिमा देखिएको यो संक्रमणको पहिलो घटना भएको जनाइएको छ ।
चैत ११ गते अस्पताल भर्ना भएका ती बिरामी दुबईबाट फर्किएका र उनको अहिलेको अवस्था सामान्य रहेको जनाइएको छ ।
Categorized in राष्ट्रिय