STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपालमा तेस्रो व्यक्तिमा कोरोना संक्रमण पुष्टि

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र १२, बुधबार

काठमाडौं– नेपालमा तेस्रो व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ताले तेस्रो संक्रमित भेटिएको पुष्टि गरेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल एवं सरुवा रोग अस्पतालमा पठाइएको नमूना परीक्षणको क्रममा कोरोना भाइरसको संक्रमण पोजिटिभ पाइएको हो । संक्रमति रोगीलाई आइसोलेसनमा राखिएको छ । यसअघि चीन र फ्रान्सबाट फर्किएका विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । चीनबाट फर्किएका संक्रमित निको भएर घर फर्किसकेका छन् भने फ्रान्सबाट फर्किएकी १९ वर्षीय युवतीको अस्पतालमा उपचार भइरहेको छ । नेपालमा अहिलेसम्म ६८७ वटा नमूना परीक्षण भएकोमा ६८४ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
Categorized in राष्ट्रिय