STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपालमा मनसुन भित्रियो

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ३२, आइतबार

काठमाडौं – नेपालमा मनसुन भित्रिएको छ । सामान्यतयाः १० जुन मा नेपालको पूर्वी भागबाट मनसुन प्रवेश गर्दछ । तर यस वर्ष दुई दिन ढिलो अर्थात् १२ जुनदेखि मनसुन नेपाल प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गत वर्ष नेपालमा १० दिन ढिलो अर्थात् ५ असार (२० जुन) मा मनसुन भित्रिएर असोज २५ मा बाहिरिएको थियो । नेपालबाट मनसुन बाहिरिने सामान्य मिति भनेको २३ सेप्टेम्बर हो । १२ जुनमा पूर्वी नेपालबाट भित्रिएको मनसुन विस्तारै देशभर फैलिँदै जाने छ । विभागले जनाए अनुसार अहिले मनसुन पूर्वबाट पश्चिम सर्ने क्रममा छ भने सामान्यता ५ देखि ७ दिनभित्र मनसुन देशभर फैलिन्छ ।
Categorized in राष्ट्रिय