STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपालले भने - अब हस्ताक्षर फिर्ता हुन्न

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ १९, शनिबार

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेशको मागसहित सर्वोच्च अदालतमा रिट दायरका लागि गरिएको हस्ताक्षर फिर्ता नहुने अडान लिएका छन् ।

अध्यक्ष केपी ओलीसँगको फोन संवाद र आफूनिकट निवर्तमान सांसदहरूसँगको संवादमा उनले हस्ताक्षर फिर्ता नहुने अडान लिएका हुन् । अध्यक्ष ओलीलाई आफूले हस्ताक्षर फिर्ता नलिने बताएको जानकारी उनले सांसदहरूलाई गराएका थिए ।

‘हस्ताक्षर फिर्ताको निर्देशनपछि समसामयिक राजनीतिक विषयमा कुराकानी गर्न केही सांसदहरूले उहाँलाई भेट गरेका थियौँ, त्यस क्रममा उहाँले हस्ताक्षर फिर्ता नहुने आफ्नो अडान अध्यक्ष ओलीलाई पनि जानकारी गराएको बताउनुभयो,’ निवर्तमान सांसद झपट रावलले भने ।

नेता नेपालले अध्यक्ष ओलीलाई बैठक रोकेर सहमतिको वातावरण निर्माण गर्न पनि आग्रह गरेको जानकारी गराएका छन् । उनीहरूबीच शनिबार दिउँसो टेलिफोन संवाद भएको थियो ।

Categorized in राजनीति