STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपाली संस्कृति जोगाउने अभियानमा कलाकर्मि

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ पौष २, शुक्रबार

नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियान अन्तर्गत शुक्रबार पर्चा बितरण र मौन प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । गत हप्ता राजधानीमा एक विशेष कार्यक्रमका बीच शुभारम्भ गरिएको नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियानले शुक्रवार राजधानीका विभिन्न स्थानहरु पुतलिसडक,बागबजार,डिल्लिबजार,धोविधारा लगाएतका क्षेत्रमा अपिल बितरण लगाएत मौन प्रदर्शन गरेको छ । पहिलो चरण अन्तर्गत उपत्यकाका विभिन्न स्थानहरुमा अभियानका अभियान्ताहरुले मौन प्रदर्शन र अपिल बितरण गर्ने,  निर्धारित कार्यक्रम अनुसारकै निरन्तरता रहेको महाअभियानका संयोजक मोहन निरौलाले बताए । 

अपिल बितरण तथा मौन प्रदर्शनमा नेपाली चलचित्र क्षेत्रका विभिन्न बिधामा कार्यरत कलाकर्मि तथा सामाजिक क्षेत्रमा कार्य गर्ने उल्लेख्य ब्यक्तिहरुको सहभागिता रहेको थियो। 

दोस्रो चरण अन्तर्गत सरकारी निकाय,विभिन्न राजनितीक दल,संस्कृतिविद्हरुलाइ भेटी महाअभियानको बारे जानकारी एवं अभियानको प्रतीक तस्वीर हस्तान्तरण गर्ने कार्यक्रम रहेको अभियानका सदस्य ठण्ड बहादुर अधिकारीले जानकारी दिनु भयो ।

नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियान’ को संयोजकमा मोहन निरौला रहेका छन् भने सुन्दर श्रेष्ठ, मुकुन्द मैनाली, ठण्डबहादुर अधिकारी, मनोज कुमार भेटवाल र विश्वमणी घिमिरे सदस्य रहेका छन् ।

Categorized in सिनेमा