relans
ni new 83
nib 2082 5

नेपाली सेनाले बरामद गर्‍याे १३५ थान हतिहार

Janjati Khabar – Janjati Khabar | २०८२ भाद्र २७, शुक्रबार

काठमाडौं - नेपाली सेनासहितका सुरक्षाकर्मीले विभिन्न स्थानबाट अहिलेसम्म १३५ थान हतियार बरामद गरेको छ। गएको बुधबार भएको आन्दोलनका क्रममा प्रहरीबाट लुटिएका हतियार सेनाले बरामद गरेको हो।

त्यसैगरि झापाको भद्रपुर नगरपालिका-८ स्थित हस्पिटल चोकमा फेला परेको शंकास्पद बस्तुलाई नेपाली सेनाले सुरक्षित साथ डिस्पोज गरेको छ। 

काठमाडौंको महाराजगञ्ज इलाकाबाट विभिन्न मोवाइल तथा विदेशी मुद्रासहित दुई जना शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको नेपाली सेनाले जनाएको छ। त्यस्तै धादिङको गजुरीमा रहेको धादिङ कारागारबाट भागेका कैदीमध्ये ४३ जनालाई सेनाले नियन्त्रणमा लिएको छ। 

Categorized in राष्ट्रिय
ppp 2