STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव अमेरिकाको म्यारिल्याण्डमा सुरु

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ आषाढ १०, शुक्रबार

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव अमेरिकाको म्यारिल्याण्डमा सुरु भएको छ। ग्रिनबेल्ट पुरोना थिएटरमा नेपाली चलचित्र ‘हल्करा’को भौतिक प्रदर्शनबाट बिहीबार साँझदेखि महोत्सव सुरु गरिएको हो।

२३ देखि २६ जुनसम्म चल्ने चलचित्र महोत्सवमा १२ देशका ३८ वटा चलचित्र प्रदर्शन हुँदैछन्। महोत्सवमा नेपाल, अमेरिकालगायत देशका वृत्तचित्र, फिक्सन, सर्ट फिल्म, एनिमेसन र प्रयोगात्मक चलचित्र छानिएका छन्।

कान्स फेस्टिभलमा पुगेका निर्देशक अविनाश विक्रम शाह र अभिनेत्री सुरक्षा पन्त बिहीबार बेलुकी ९ बजे महोत्सवको ‘भर्चुअल’ संवादमा सहभागी भएका थिए।रभने संवादमा उनीहरुले कान्स फिल्म फेस्टिभलमा सहभागी हुँदाको अनुभव सुनाए ।

सो महोत्सव मा  भौतिकरूपमा उपस्थित हुन नसक्ने दर्शकका लागि अनलाइनमार्फत् पनि चलचित्र चलचित्र हेर्ने सुविधा दिइएको कुरा आयोजकले जनाएको छ भने बृत्तचित्र ‘वृक म्युलु’ र एरिक स्पिंकको लघु चलचित्र ‘द लिप रिडर’ प्रदर्शनसँगै २६ जुनको साँझ महोत्सव समापन हुनेछ।

Categorized in सिनेमा