STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपाल–बंगलादेशबीच विद्युत् व्यापारका लागि बाटो खुला, ऐतिहासिक सहमतिपत्रमा हस्ताक्षर

Janjati Khabar – Janjati Khabar | २०८१ आश्विन १७, बिहिबार

काठमाडौं - नेपालको बिजुली बंगलादेशमा निर्यात गर्ने सम्बन्धमा नेपाल, बंगलादेश र भारतबीच बहुप्रतिक्षित ऐतिहासिक त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

बिहीबार काठमाडौंमा आयोजित एक समारोहमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घसिङ, भारतको एनटीपीसी विद्युत् व्यापार निगमकी सीईओ डेइनो नारान र बंगलादेशको पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) का अध्यक्ष मोहम्मद रिज्वान करिम प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन् ।

ऊर्जामन्त्री दीपक खड्का र बंगलादेशी उर्जा मन्त्रालयकी सल्लाहकार सहिद रिजवाना हसनको उपस्थिति थियो । सम्झौता अनुसार प्रारम्भिक चरणमा बंगलादेशले ४० मेगावाट बिजुली आपूर्ति गर्नेछ ।

यसको आपूर्ति प्रणाली व्यवस्थापनमा भारतीय पक्षले आवश्यक सहयोग गर्नेछ । आयात प्रत्येक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म कायम रहनेछ । बंगलादेशले नेपालसँग प्रतियुनिट ६.४ सेन्टमा उक्त विद्युत् खरिद गर्नेछ । 

यो सम्झौताबाट नेपालले वार्षिक ९.२ मिलियन अमेरिकी डलर बराबरको वार्षिक आम्दानी गर्ने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

Categorized in राष्ट्रिय