नेपाल आर्दशमा नेवाः संस्कृति, संस्कारको प्रदर्शनी
Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २४, शुक्रबार
नेवाः स्यनामि दबू नेपालमण्डलको आयोजनामा विभिन्न स्कुलका विद्यार्थीहरुको सहभागीतामा नेपाल आदर्शमा विभिन्न खालका संस्कृति र संस्कारको बृहत्त प्रदर्शनी भएको छ ।
सो प्रदर्शनी शताब्दी पुरुष सत्यमोहन जोशीं उद्घाटन गर्नुभयो । सो कार्यक्रम विद्यालयका पूर्व प्रधानाध्यापक कृष्णभक्त मानन्धरको सभापतित्वमा भएको थियो । प्रदर्शनीमा २६ वटा विद्यालयले नेवाः जातिको संस्कार संस्कृतिहरु प्रदर्शन गरेका छन् । सहभागीहरुले नेवाः जातिको विभिन्न संस्कार र संस्कृतिको बारे प्रशिक्षण पनि दिने गरिन्छ । सो कार्यक्रमको उद्घाटन कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीं नेवाः जातिले यदि प्रयास गरेको खण्डमा नोभेल पुरस्कार पनि लिन सकिने बताए । कार्यक्रममा स्वागत मन्तब्य दिने क्रममा विद्यालयका विद्यार्थीहरुको सहयोगमा सो कार्यक्रम गरेको कुरा स्यनामि दबूका सचिव बरुण वैद्यले बताउनु भयो । सो स्कुलले विद्यालयमा त्यस प्रकारको कार्यक्रमको लागि काठमाडौं महानगरपालिकाले सहयोग गर्ने गरेको पनि खुलासा गर्नुभयो ।
नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्रकारले कार्यक्रम अत्यन्तै सराहनीय भएकोले यी कुराहरु विभिन्न जिल्लाका नेवाः समुदाय बीच पनि लानुपर्ने आवश्यकता बारे स्पष्ट पार्नुभयो । त्यसैगरी भेलाका सभापति मानन्धरले भाषा रहे जाति रहन्छ र जाति रहे राष्ट्र रहन्छ भन्नु भयो ।
सो प्रदर्शनी मानिसको जनजीवनसंग सम्वन्धित रहेको कुरा डा. चुन्दा बज्राचार्य र मदनसेन बज्राचार्यले बताउनु भयो ।
Categorized in राष्ट्रिय