relans
ni new 83
nib 2082 5

नेपाल टेलिकमले कमायो सवा ६ अर्ब २३ करोड नाफा

Janjati Khabar – Janjati Khabar | २०८१ माघ २३, बुधबार

काठमाडौं - नेपाल टेलिकमले आर्थिक वर्ष २०८०/८१ मा ६ अर्ब २३ करोड खुद मुनाफा गरेको छ। मंगलबार २१ औं वार्षिकोत्सवका अवसरमा कम्पनीको आर्थिक वर्षको आयव्यय सहितको विवरण सार्वजनिक गरिएको छ।

कम्पनीको वित्तीय अवस्थालाई नियाल्दा आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको कुल आय ४२ अर्ब ११ करोड र खुद मुनाफा ६ अर्ब २३ करोड छ।

अर्थतन्त्रका सूचांक नकारात्मक भएको अवस्थामा पनि कम्पनीले मुनाफा आर्जन गर्न सफल भएको कम्पनीले बताएको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीले करिब २० अर्ब १२ करोड आयआर्जन गरिसकेको छ ।

Categorized in बिजनेस
ppp 2