नेपाल प्रहरीका पाँच डिआइजी एआइजीमा बढुवा
Janjati Khabar – Janjati Khabar | २०७९ जेठ २३, सोमबार
काठमाडौँ - सरकारले नेपाल प्रहरीका पाँच प्रहरी नायव महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गरेको छ ।
आज (सोमबार) अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले उत्तम सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको हो ।
गृह मन्त्रालयको बढुवा समितिलले उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको थियो ।
Categorized in राष्ट्रिय

