STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपाल बारमा नयाँ नेतृत्व चयन

Janjati Khabar – Janjati Khabar | २०८१ चैत्र २९, शुक्रबार

काठमाडौं - नेपाल बार एसोसिएसनको अध्यक्षमा प्राडा विजयप्रसाद मिश्र निर्वाचित भएका हुन् । प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रमन श्रेष्ठलाई पराजित गर्दै मिश्र बार एसोसिएसनको अध्यक्षमा निर्वाचित भएका हुन् । 

अन्तिम मतपरिणाम अनुसार मिश्रले पाँच हजार ५२ मत प्राप्त गरे भने श्रेष्ठले दुई हजार ६ सय २१ मत पाए । निर्वाचित भएपछि नवनिर्वाचित अध्यक्ष मिश्रले बारमा सबैलाई समेटेर एकजुट भएर अघि बढ्ने बताए ।

स्वतन्त्र न्यायपालिकाको वास्तविक रूपमा स्थापित गर्न र स्वच्छ न्यायपालिकाको स्थापनाका लागि पहल गर्ने मिश्रले बताए । मिश्रले लयर्स एकेडेमीको स्थापनामार्फत कानुन व्यवसायीहरूको अध्ययन प्रशिक्षण तथा तालिमका लागि पर्याप्त अवसरको व्यवस्था गरिने उल्लेख गरे । उनले संविधान संशोधनमा समेत बारले महत्त्वपूर्ण योगदान पुर्‍याउने जिकिर गरे

त्यस्तै बारको उपाध्यक्षमा कोशी प्रदेशबाट पदमप्रसाद लिम्बु, मधेसबाट अजयशंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भुपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोख्रेल, कर्णालीबाट विवशकुमार बस्नेत र सुदूरपश्चिमबाट सिद्धराज ओझा निर्वाचित भएका छन् ।

त्यस्तै महिला उपाध्यक्षमा सरस्वती श्रेष्ठ विजयी हुनुभएको छ । महासचिवमा यज्ञमणि न्यौपाने निर्वाचित हुनुभएको छ भने कोषाध्यक्षमा जगत बहादुर कार्की विजयी बने । नेपाल बारको चुनावमा मिश्रको प्यानल नै निर्वाचित भएको हो ।

Categorized in राष्ट्रिय